सिलगढी: बागवानी र कपडा विभाग मन्त्री चन्द्रनाथ सिन्हाले बुधबार सिलगढीको कावाखली विश्व बंगला शिल्पी हाटमा हस्तकला मेलाको उद्घाटन गरे। यस दिन राज्यमन्त्रीले दीप प्रज्वलन गरी मेलाको उद्घाटन गरे। मन्त्रीका साथमा साना, मझौला, बागवानी तथा कपडा विभागका प्रमुख सचिव राजेश पाण्डे, सिलगढी पुरा कर्पोरेशनका मेयर गौतम देव, सिलगढी पुरा निगमका डेपुटी मेयर रञ्जन सरकार, दार्जीलिङका जिल्लापाल प्रीति गोयल, जलपाईगढी जिल्लापाल शमा परवीन, सिलगढी विभागीय परिषदका अध्यक्ष अरुण घोष र अन्य अधिकारीहरू उपस्थित थिए।










