गेजिङमा  जिल्ला स्तरीय युवा महोत्सव २०२५ सम्पन्न

unnamed-1

गान्तोक: गेजिङ  जिल्ला स्तरिय युवा महोत्सव २०२५ आज गेजिङको गभर्मेन्ट गर्ल्स सिनियर सेकेण्डरी स्कूल, क्योङ्साको हलमा सफलतापूर्वक सम्पन्न भयो। यो कार्यक्रम राष्ट्रिय युवा महोत्सव २०२५ को अंशको रूपमा आयोजना गरिएको थियो। कार्यक्रमको आयोजना गेजिङको खेलकुद र युवा मामिला विभागले नेहरू युवा केन्द्र, गेजिङको सहकार्यमा गरेको हो। यस कार्यक्रममा गेजिङका अतिरिक्त पुलिस अधीक्षक सोनाम डब्ल्यु भुटिया प्रमुख अतिथिको रुपमा उपस्थित थिए। उनका साथै अन्य विशिष्ट अतिथिहरू पनि कार्यक्रममा सहभागी थिए, जसमध्ये खेलकुद तथा युवा मामिला विभागकी संयुक्त निर्देशक सुश्री निकजय ल्हामु भुटिया, उपनिर्देशकहरू सी बी. शंकर र बद्रीप्रसाद प्रधान, सहायक निर्देशक किरण खालिङ, र मोहित राठी, एपीए (एनकेवाइ) पनि उपस्थित थिए। विभिन्न विद्यालयका प्रतिनिधिहरू र बाक्लो संख्यामा सहभागीहरूले यो कार्यक्रममा उपस्थिति जनाएका थिए।

महोत्सवमा विभिन्न प्रतियोगिताहरू समावेश गरिएका थिए, जस्तै घोषणापत्र प्रतियोगिता, कविता लेखन प्रतियोगिता, मोबाइल फोटोग्राफी प्रतियोगिता, र चित्रकला प्रतियोगिता। गेजिङका प्रतिभाशाली युवाहरूले आफ्नो सिर्जनात्मकता र कौशल प्रस्तुत गरेl विजेताहरूलाई ट्रफी र नगद पुरस्कार प्रदान गरियो। कार्यक्रमलाई झन् रङ्गिन बनाउन सांस्कृतिक प्रस्तुतीकरणहरूले थप उत्सवमय बनायो। यस महोत्सवले युवाहरूको ऊर्जा, सिर्जनशीलता, र उत्साहलाई उजागर गर्दै उनीहरूलाई आफ्नो प्रतिभा देखाउने र सम्बन्धहरू निर्माण गर्ने महत्वपूर्ण मञ्च प्रदान गरेको थियो। -पीआईबी

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement