खरसाङ: इण्डियन इन्सटिट्युट अफ करियर एडुकेशनको तत्वावधानमा खरसाङको दार्जीलिङ पोलिटेक्निक संस्थानमा निःशुल्क होटल व्यवस्थापन प्रशिक्षण आरम्भ भएको छ। पश्चिम बंगाल सरकारद्वारा सञ्चालित अत्कर्ष बंगला योजना अन्तर्गत सम्पन्न भइरहेको यस प्रशिक्षणमा जम्मा ३० जना विद्यार्थीहरू रहेका छन्। प्रशिक्षण प्राप्त गर्ने विद्यार्थीहरू खरसाङ, दार्जीलिङ, कालेबुङ अनि अन्यान्य क्षेत्रका रहेका छन्। प्राप्त जानकारी अनुसार शिक्षित बेरोजगार युवा-युवतीहरूलाई कौशलगत प्रशिक्षण प्रदान गरी तिनीहरूलाई रोजगारको अवसर प्रदान गर्नु अथवा तिनीहरूलाई स्वनिर्भर बनाउनु नै यो प्रशिक्षणको उद्देश्य हो। मंगलवर सम्पन्न भएको प्रशिक्षण आरम्भको कार्यक्रममा बल्दै खरसाङ महकुमा शासक विन्दावासिनी तेजा दीपकले विद्यार्थीहरूलाई यस प्रशिक्षणको विषयमा बताउदै आफ्नो विचार प्रकट गरे। तिनले इण्डियन इन्सटिट्युट अफ केरियर एडुकेशनको प्रयासको प्रशंसा पनि गरे। तिनले भने, विगतको तीन ब्याचका जम्मा 90 विद्यार्थीहरू मध्ये शतप्रतिशतले रोजगारको अवसर प्राप्त गरेका छन्। यस ब्याचका विद्यार्थीहरूले पनि प्रशिक्षण प्राप्त गरेपछि शतप्रतिशत रोजगार प्राप्त गर्नेछन् भन्ने कुरोमा म विश्वस्त छु। तिनले विभागीय सहप्रबन्धक सुमन पल अनि खण्ड स्तरीय कर्मचारी शुभम थापाको कार्य अनि योगदानको सराहना गरे। कार्यक्रममा तमिलनाडुको चेन्नईमा अवस्थित आईटीसी चोलामा नियुक्ति पाएका पॉंच विद्यार्थीहरूलाई इण्डियन इन्सटिच्युट अफ करियर एडुकेशनको तर्फबाट नियुक्ति पत्र प्रदान गरियो। यो प्रशिक्षण कार्यक्रमले युवाहरूमा रोजगारको अवसर सृजना गर्नमा अनि बेरोजगार युवाहरूलाई तिनीहरूको उज्जवल भविष्य तर्फ अग्रसर गराउनमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताइएको छ। कार्यक्रममा जीटीएका परियोजना निर्देशक एवं कार्यकारी निर्देशक सुमेधा प्रधान, खरसाङका महकुमा शासक विन्दावासिनी तेजा दीपक, खरसाङ खण्ड विकास अधिकारी कौशिक चक्रवर्ती, जीटीए सभासद श्याम शेर्पा, कल्पना प्रधान, नुरी शेर्पा, डीएमडीसी देवज्योति बराल, दार्जीलिङ पोलिटेक्निक संस्थानका प्राचार्य दीपा प्रधान, आईटीआई टुङका प्राचार्य तारित विश्वास अनि अन्यान्य उपस्थित थिएक।