टोटोसहित चोरलाई पुलिसले पक्रिए

toto

सिलगढी: प्रधान नगर थाना पुलिसले चोरी भएको टोटोसहित दुई जना अभियुक्तलाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा आकाश देवनाथ र अभिजीत दास रहेका छन्। पुलिस का अनुसार सोमबार राति ४४ नम्बर वार्डको विद्या चक्र कोलोनी क्षेत्रबाट रामदेव मजूमदारको टोटो चोरी भएको थियो। सो घटना पछि तिनले भक्ति नगर थानामा लिखित उजुरी दर्ता गरेका थिए। उजुरीको आधारमा भक्ति नगर थाना पुलिसले घटनाको छानबिन सुरु गरेको थियो। यसैबीच, प्रधान नगर थाना पुलिसले रेगुलेटेड मार्केटबाट चोरी भएको एउटा टोटो बेच्न आएका दुई अभियुक्तलाई पक्राउ गरेका हुन्। आज दुई अभियुक्तलाई सिलगढी अदालतमा पेश गरिएको छ।
रामदेव मजूमदारले बताए अनुसार उनका परिवारका पाँच सदस्यको पेट यसै टोटोबाट चल्दछ। यसअघि पनि सो टोटो चोरी भएको थियो। फेरि सोमबार राति टोटो चोरी भएको थियो। पुलिसको सक्रियताले २४ घण्टाको अवधिमा टोटो फिर्ता पाएपछि उनी निकै हर्षित देखिन्छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement