संयुक्त माध्यमिक शिक्षक संगठनको तीनधारे सुकना सर्कल कमिटी गठन

IMG-20241211-WA0188

खरसाङ: संयुक्त माध्यमिक शिक्षक संगठनको तीनधारे सुकना सर्कल कमिटी गठन गरिएको छ। उक्त कमिटी गठनको लागि तीनधारे उच्चत्तर माध्यमिक विद्यालयमा एउटा सभा शिक्षिका प्रभारी रञ्जना प्रधानको अध्यक्षतामा सम्पन्न भयो। सभामा सभासद नवराज छेत्री, संयुक्त माध्यमिक शिक्षक संगठन केन्द्रीय समितिको सह सचिवद्वय कृष्ण छेत्री र बीएम लोप्चन एवं सुकना हाई स्कूलका वरिष्ठ शिक्षक सुरेश थापा, नव गठित तीनधारे महानदी समष्टि स्तरीय कमिटीका अध्यक्ष बिमल शेर्पा उपस्थित थिए। यस क्षेत्रको सातवटा विद्यालयहरु महानदी हाई स्कूल, नेताजी हाई स्कूल, तीनधारे हाई स्कूल, तीनधारे गर्ल्स हाई स्कूल, मिठाईडाँडा रेनुका कन्या हाई स्कूल, आईएनए मेमोरियल हाई स्कूल, सुकना हाई स्कूलका स्कुल युनिट कमिटीका सभापति, सचिव, सर्कल प्रतिनिधि, महकुमा प्रतिनिधि, कार्यकारी सदस्यहरुको उपस्थिति रहेको थियो। सभामा सर्वसहमतिले सर्कल कमिटी गठन गरियो। उक्त सर्कल कमिटीमा सभापति प्रविण राई, उप सभापति जिगमी खालिङ, सचिव कुशल छेत्री,
सह सचिव‌ योगेश तामाङ, कोषाध्यक्षा रोजिना सुब्बा सह कोषाध्यक्ष नोर्साङ वाईबा, सल्लाहकारहरुमा नयन खाती, सातैवटा स्कूलहरुका सभापति, सचिवहरुलाई कार्यकारी सदस्य चयन गरिएको भनी संयुक्त माध्यमिक शिक्षक संगठनको केन्द्रीय समिति सह सचिव कृष्ण छेत्रीले जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement