लङ्भ्यूको तराई चौतिसमा युवा शक्ति शाखा कमिटी गठन

IMG-20241211-WA0194

खरसाङ: खरसाङ महकुमा अन्तर्गत लङ्भ्यू चियाबारी अन्तर्गत तराई चौतिसमा मंगलवार भागोप्रमोको यु़वा शक्ति शाखा समिति गठन गर्न हेतु एक सभा समष्टि सभापति साथै सन्त मेरिज तीन ग्राम पञ्चायत प्रधान मणिराज डुम्जनको सभापतित्वमा सम्पन्न भयो। सभामा पंखाबारी लंगभ्यू अम्बटे समष्टि कार्यकारी सभासद कल्पना प्रधान साथै समष्टि पर्यवेक्षक अनु प्रधानको विशेष उपस्थिति रहेको थियो। समष्टि सचिव ललित प्रधानले सञ्चालन गरेको सभालाई समष्टि कार्यकारी सभासद कल्पना प्रधान, समष्टि पर्यवेक्षक अनु प्रधान, सन्त मेरिज तीन ग्राम पञ्चायत प्रधान मणिराज डुम्जन, युवा शक्ति समष्टि सचिव पप्पु तामाङ, लंगभ्यू युवा शक्ति संयोजक निसान गोले आदिले सम्बोधन गरेका थिए। सभालाई सम्बोधन गर्दै कल्पना प्रधानले लङ्भ्यूमा युवा शक्तिको शाखा गठन प्रक्रियाले संगठनमा नयाँ उर्जा आएको जनाइन्। तिनले लंगभ्युको प्रत्येक गाउँमा नै युवा शक्ति शाखा समिति गठन गर्नु पर्ने सुझाव राखिन्। आजको युवा जमात भोलिको देशको कर्णघार रहेको ठहर गर्दै युवा शक्तिलाई संगठित साथै अनुशासनमा रहेर संगठनको हितमा कार्य गर्न पर्ने सुझाव दिइन्। समष्टि पर्यवेक्षक अनु प्रधानले युवाहरुलाई स्वनिर्भर हुनु पर्ने जनाइन्। तिनले युवाहरूलाई पञ्चायत समिति साथै पञ्चायतको माध्यमबाट विभिन्न योजनाहरूको लाभ उठाएर स्वनिर्भर हुने अनुरोध गरिन् साथै यस कार्यको निम्ति तिनले आफ्नो पक्षबाट युवाहरूलाई पूर्ण सहयोग गर्ने वचन पनि दिइन्। समष्टि सभापति साथै सन्त मेरिज तीन ग्राम पञ्चायत प्रधानले आफ्नो सम्बोधनमा युवा शक्ति नवनिर्वाचित सदस्यगणलाई शुभकामना व्यक्त गर्दै आफ्नो गाउँ घरलाई सुधार गर्ने जिम्मेदारी पार्टीले आफूलाई दिएको सम्झेर पार्टी हितमा कार्य गर्ने सुझाव दिए। तिनले लंगभ्यू चियाबारीको प्रसङ्ग झिक्दै विगतमा लंगभ्यू चियाबारीको अनशनले श्रमिकहरूलाई धेरै क्षति भएको बताए। डुम्जनले जीटीए प्रमुख कार्यपाल अनित थापाको पहलमा पञ्चायती राज फर्केर आएको अवगत गराउँदै पञ्चायतको माध्यमबाट पनि विभिन्न विकासमूलक कार्यहरूमा युवाहरूलाई प्राथमिकता दिने वचन दिए। सभामा तराई चौतिसका युवा शक्ति शाखाका सभापति मदन भुसाल, सचिव राजकुमार कुजुर, उपाध्यक्ष दाउद टोप्नो, नबीन तामाङ र कोषाध्यक्ष मरियानुस कुजुरलाई सर्वसम्मतिले चयन गरियो। यस सभामा लंगभ्यू संयोजक साथै समिति सदस्य मौसम लामा, समष्टि प्रचार प्रसार सचिव जिनोद परियार, लंगभ्यू युवा शक्ति विजय सुनुवार साथै ग्रामवासीको उपस्थिति रहेको थियो भनी समष्टि प्रचार प्रसार सचिव जिनोद परियारले जानकारी दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement