खरसाङ: आगमी २२ दिसम्बर २०२४ को दिन अनुसूचित जाति सयुंक्त मञ्चको आयोजनामा हुन लागिरहेको महाधिवेशनलाई लिएर चारैतिर रहेका अनुसुचित जाति कमाई, दमाई र सार्की समुदायमा हाल खुबै जोश र स्फूर्ति देखिएको छ। यस महाधिवेशनलाई सफल बनाउन सबै लागि परिरहेको बेला आज यसै विषयलाई लिएर टिस्टा हाट बजार सार्वजनिक भवनमा एक महत्वपूर्ण सभा डम्बरबहादुर विश्वकर्मको अध्यक्षतामा सम्पन्न भएको छ। सुरेन लोहारद्वारा सञ्चालित सभामा अनुसुचित जाति संयुक्त मञ्च केन्द्रीय समितिका कोषाध्यक्ष सञ्जय पोर्तेल साथै प्रचार प्रसार सचिव अभिनाश मोथेको विशेष उपस्थिति रहेको थियो। सभाको थालनी बाबा साहेब डा भीमराव अम्बेडकरको तस्वीरमा धुप दिप प्रज्वलन गरी थालिएको थियो। सभामा गेल, टिस्टा बजार साथै रियांग आदि क्षेत्रबाट अनुसुचित जातिका मानिसहरूको उपस्थिति रहेको थियो। सभामा आगमी २२ दिसम्बरको दिन सुकनामा हुन लागिरहेको महाधिवेशनलाई सफल बनाउन यस क्षेत्रबाट व्यापक उपस्थिति दिने उपस्थित सम्पूर्ण सदस्यहरूले बताएकाछन्। यसको साथै यस कार्यक्रमको सफलताको निम्ति सबैले जतिसक्दो आर्थिक सहयोग पुराउने बताए। यस क्षेत्रमा रहेका अनुसुचित जातिहरूको यस महाधिवेशनलाई लिएर जोश र उत्साहले कार्यक्रम सफल हुने भान भएको बताइएको छ। यसरी पहाड तराई डुवर्स लगायत भारतभरि छरिएर बसेका कामी दमाई अनि सार्की समुदायका मानुभवहरूलाई यसरी साथ र सहयोग पुराई दिने अपिल अनुसुचित जाति संयुक्त मंच केन्द्रीय समिति कोषाध्यक्ष सञ्जय पोर्तेेलले गरेका छन् भनी प्रचार प्रसार सचिव अभिनाश मोथेले जानकारी गराएका छन्।