सिलगढी: चारपाङ्ग्रे गाडी अनियन्त्रित भई सडक डिभाइडरमा ठोक्किदा एकै परिवारका चारजना गम्भीर घाइते भएका छन्। उक्त घटना सिलगढी पूर्वी बाइपास नजिकैको क्षेत्रमा भएको हो। हिजो पूर्वी बाइपास हुँदै आशिघर टर्नबाट गोदामोर जाँदै गरेको यात्रु सवार चार पाङ्ग्रे गाड़ी लोकनाथ मन्दिर बजारमा पुग्दा गाडी अनियन्त्रित भई सडकको बीचमा रहेको डिभाइडरमा खसेको थियो। घटनामा चार जना गम्भीर घाइते भएका छन्। घाइतेमध्ये एक महिला र एक बालक पनि रहेका छन्। घटना लगत्तै भक्तिनगर ट्राफिक पुलिस र आशिघर चौकीका पुलिसलाई खबर गरिएको थियो। सूचना पाए लगतै घटनास्थलमा पुगेको पुलिस टीमले घाइतेहरूलाई उद्धार गरेर सिलगढी जिल्ला अस्पताल पुर्याएको थियो। पूर्वी बाइपासमा ट्राफिक बत्ती नहुँदा बारम्बार दुर्घटना हुने गरेको स्थानीयको गुनासो छ। यसअघि पनि सडक दुर्घटनामा धेरैले ज्यान गुमाएका छन्। स्थानीयले प्रशासनको ध्यानाकर्षण गराउन माग गरेका छन्। अहिले पुलिसले घटनाको अनुसन्धान गरिरहेको छ।











