खोरमा राखिएका बालकको उपचार गर्न काठमाण्डू लगियो

IMG-20241211-WA0165

बिर्तामोड़: अटिजमको समस्याका कारण घरमा साङ्लाेले बाँधेर राखिएका झापा अर्जुनधाराका १४ वर्षीय एक बालकलाई उद्दार गरी उपचारका लागि काठमाण्डूस्थित कान्ति बाल अस्पताल लगिएको छ।
पाँच वर्षको हुँदा बुबाआमा सम्पर्कमा नरहेका अर्जुनधारा ४ का १४ वर्षीय आदित्य दाहाल ८४ वर्षीया हजुरआमाको साथमा रहँदै आएका थिए। उनलाई घरमा साँग्लोले बाँधेर राख्नुपर्ने बाध्यता थियो। उनको उपचारका लागि अर्जुनधारा ५ का कौशल भण्डारीले चिकित्सकहरुसँग परामर्श गर्दै जाँदा डा गोपाल सेढाइँले उनको उपचार कान्ति बाल अस्पतालमा सम्भव रहेको बताएसँगै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मामार्फत स्वास्थ्य मन्त्री प्रदिप पौडेलको पहलमा काठमाडौँ लगिएको बताइएको छ।
आवश्यक उपचारको अभावमा आदित्य जन्मदै अटिजमको लक्षण भएका थिए। उनी जन्मिएपछि उनका आमाबाउ पनि पाँच महिनाको उमेरदेखि सम्पर्कबिहीन भएपछि घरमा ८४ वर्षीया हजुरआमाका साथमा उनलाई साङ्लोले बाँधेर खोरभित्र राखिएको थियो। उनका उपचारका लागि यसअघि पनि बिएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाइँले उपचार गर्न लगेका थिए। तर, उनको उपचार त्यहाँ राम्रो नभएपछि उनलाई फेरि खोरमा नै बाँधेर राख्नुपर्ने अवस्था आएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement