चैनपुर :संखुवासभाको मकालु गाउँपालिका-२ का ३० बर्षीय लाक्पा शेर्पालाई भरुवा बन्दुक सहित प्रहरीले पक्राउ गरेको छ। मंगलबार राती साढे ९ बजे विशेष सुचनाको आधारमा प्रहरी चौकी मकालुबाट खटिएको प्रहरी टोलीले शेर्पाको घर खानतलासी गर्दा कोठाबाट लोड गरेको १ थान भरुवा बन्दुक र ५० ग्राम बारुद बरामद गरेको हो।
भरुवा बन्दुक सहित पक्राउ परेका शेर्पाको जिल्ला प्रहरी कार्यालय संखुवासभावाट आवश्यक कानुनि कारवाही तथा थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ।











