संखुवासभाबाट भरुवा बन्दुक सहित एक जना पक्राउ

IMG-20241211-WA0162

चैनपुर :संखुवासभाको मकालु गाउँपालिका-२ का ३० बर्षीय लाक्पा शेर्पालाई भरुवा बन्दुक सहित प्रहरीले पक्राउ गरेको छ। मंगलबार राती साढे ९ बजे विशेष सुचनाको आधारमा प्रहरी चौकी मकालुबाट खटिएको प्रहरी टोलीले शेर्पाको घर खानतलासी गर्दा कोठाबाट लोड गरेको १ थान भरुवा बन्दुक र ५० ग्राम बारुद बरामद गरेको हो।
भरुवा बन्दुक सहित पक्राउ परेका शेर्पाको जिल्ला प्रहरी कार्यालय संखुवासभावाट आवश्यक कानुनि कारवाही तथा थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ।

About Author

Advertisement