दोस्रो वनडेसहित सीरीज जित्यो वेष्ट इण्डिजले

IMG-20241211-WA0122

बासेटेरे (सेण्ट किट्स एण्ड नेविस): आयोजक वेष्ट इण्डिजले दोस्रो वनडे इण्टरनेशनल क्रिकेट म्याचमा बंग्लादेशलाई ७ विकेटले पराजित गरी ३ वटा म्याचको सीरीजमा २-०-को अजेय बढ़त हासिल गऱ्यो। यो वेष्ट इण्डिजको बंग्लादेशविरुद्ध गत १० सालमा पहिलो वनडे सीरीज जीत हो। म्याचमा टस हारेर पहिला ब्याटिंग गर्दै बंग्लादेशको टीम ४५.५ ओभरमा २२७ रन बनाएर अलआउट भयो। त्यसपछि वेष्ट इण्डिजले ३६.५ ओभरमै ३ विकेटमा २३० रन बनाएर सजिलै म्याच जित्यो। वेष्ट इण्डिजको तर्फबाट ओपनर ब्रेण्डन किंगले सर्वाधिक ८२ रन बनाए। उनले ७६ बल खेलेर ८ वटा चौका र ३ वटा छक्का लगाए।किंगले साथी ओपनर एविन लुईससँग पहिलो विकेटको निम्ति २०.१ ओभरमा १०९ रनको पार्टनरशीप गरे। लुईसले ४७ बल खेलेर २ वटा चौका र ४ वटा छक्काको साथ ४९ रन बनाए। लुईसको विकेट पतन भएपछि किंगले केसी कार्टीबाट असल साथ पाए, जसले ४५ रनको योगदान दिए। यी दुईजना मिलेर स्कोर १७५ रनसम्म पुऱ्याए। कार्टीले ४७ बलमा ४५ रन बनाए। यसमा ७ वटा चौका सामेल छ। वेष्ट इण्डिजले पछिबाट किंग र कार्टीलाई गुमाए पनि कप्तान साई होप र शेरफाने रदरफोर्डले मिलेर सजिलै टीमलाई लक्ष्यसम्म पुऱ्याए। होपले अविजित १७ र रदरफोर्डले अविजित २४ रन बनाए। यसअघि पहिला ब्याटिंग गर्ने बंग्लादेशको टीमलाई वेष्ट इण्डिजका पेस बलर जेडन सील्सले शुरुमै आघात दिए। ओपनर ताञ्जिद हसनले ४६ रन बनाए पनि सौम्य सरकार २, लिटन दास ४ र कप्तान मेहदी हसन मिराज केवल १ रन बनाएर आउट भए। ताञ्जिदले ३३ बल खेलेर ४ वटा चौका र २ वटा छक्काको साथ ४६ रन बनाए। अन्तमा अनुभवी महमुदुल्लाहले ६२ रन बनाएर बंग्लादेशको स्कोर २०० पारी पुऱ्याए। महमुदुल्लाहले ९२ बल खेलेर ४ वटा छक्का र २ वटा चौका लगाए। अन्तिम ओभरहरूमा तञ्जिम हसन साकिबले ४५ रनको योगदान दिए। उनले ६२ बल खेलेर ४ वटा चौका र २ वटा छक्का लगाए। वेष्ट इण्डिजका बलरहरूमा सील्सले सर्वाधिक ४ विकेट लिए। सीरीजको तेस्रो तथा अन्तिम म्याच बिहीवार खेलिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement