गान्तोक: सिक्किमका युवा धावक प्रितम राई अलट्राइब पेडारू ८० किलोमिटर अल्ट्रा ट्रेल रनमा प्रथम स्थान हासिल गरेर सिक्किमलगायत देशकै नाम रोशन गरेका छन्।
गए आइतवार आयोजित अल्ट्रा ट्रेल रनमा धावक राईले १० घण्टा २ मिनटमा आफ्नो दौड पूरा गर्दै उक्त उपलब्धी हासिल गरेका हुन्।
जानकारी अनुसार, उक्त अलट्राइब पेडारू ट्रेल रन इण्डियन ट्रेल रन च्याम्पियनशिप लिग अन्तर्गत रहेको छ भने उनले ७०० आईटीआरए पोइन्ट हासिल गरेका छन्। यसले धावक राईको निम्ति वर्ल्ड ट्रेल रन च्याम्पियनशिप २०२५ मा भाग लिन दैलो खुल्ला गरिदिएको छ।
धावक राईले म्याराथन म्यान अफ् सिक्किम एकाडेमीमा प्रशिक्षण लिइरहेका छन्। एकाडेमीका संस्थापक अमर सुब्बाको देखरेखमा राज्यका धेरै धावकहरूले विभिन्न प्रतियोगिताहरूमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन्।