गान्तोक: भारत तिब्बत सहयोग मञ्च(बीटीएसएम), सिक्किमले तिब्बत र बाङ्ग्लादेशमा भइरहेको मानव अधिकारहरूको हननको भत्सर्ना जनाएको छ।
बीटीएसएमका प्रदेश अध्यक्ष एवं पूर्वी क्षेत्रका क्षेत्रीय सह-संयोजक डा. एलपी शर्माले आज जारी एक भिडियो सन्देशमा तिब्बतमा तिब्बती दाजु-भाई तथा दिदी-बहिनीहरूले विभिन्न अत्याचारहरू सहन गर्नु परिरहेको छ र उनीहरूका मानव अधिकार वर्षौंदेखि हनन् भइरहेको छ भन्दै यस कार्यको भत्सर्ना जनाएका छन्।
यसैगरी, अध्यक्ष डा. शर्माले आफ्नो सन्देशमा हाल बाङ्ग्लादेशमा समेत हिन्दू धर्मावलम्बीहरूमाथि अन्याय र अत्याचार बढ्दो रहेको उल्लेख गरेका छन्। उनले यी दुवै घटनाको निन्दा गर्दै विश्वभरिका शान्तिप्रिय मानिसहरूलाई यस्ता घटना र गतिविधिहरूको भत्सर्ना जनाउन अपील गरेका छन्।