मुख्यमन्त्रीका ओएसडी कर्मा सुब्बाले ग्रहण गरे पदभार

IMG-20241210-WA0223

गान्तोक: राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङका ओएसडी (राजनैतिक मामिला) कर्मा सुब्बाले आजदेखि आफ्नो पदभार सम्हालेका छन्। गान्तोकको सम्मान भवनस्थित कार्यालयमा उनले आजदेखि आधिकारिक रूपमा आफ्नो जिम्मेवारी सम्हालेका छन्। यस अवसरमा एसकेएम पार्टी सामाजिक सञ्जाल प्रकोष्ठका अध्यक्ष नविन दाहाल,एसकेएम प्रेस एवं प्रचार प्रसार प्रकोष्ठकी अध्यक्षा रञ्जना प्रधान लगायत कार्यालयका अन्य अधिकारी एवं कर्मचारीहरूले खदा लगाईदिएर बधाई तथा शुभकामना दिए। ओएसडी कर्मा सुब्बाले आफूलाई सुम्पिएको यो महत्वपुर्ण जिम्मेवारीको निम्ति मुख्यमन्त्री प्रेमसिंह तामाङप्रति कृतज्ञता जाहेर गर्दै आफ्नो पद तथा दायित्व सरकारको मार्गनिर्देशनमा रहेर निर्वहन गर्ने वचनवद्वता प्रकट गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement