अमृत मित्रा योजना अन्तर्गत एक दिवसीय प्रशिक्षण कार्यक्रम

IMG-20241210-WA0213

गान्तोक: केन्द्र सरकारको अमृत मित्रा योजना अन्तर्गत नारीलाई पानी अर्थात पानीलाई नारी भन्ने नाराको साथमा आज देउरालीको राज्य पञ्चायत स्रोत केन्द्रमा एक प्रशिक्षण कार्यक्रम आयोजना गरियो। राज्यको शहरी विकास विभागद्वारा आयोजना गरिएको यस एक दिवसीय प्रशिक्षण कार्यक्रममा मुख्य अतिथिकोरूपमा मन्त्री भोजराज राई उपस्थित रहेका थिए। राज्यका १७ वटा स्वंय सहायता समूहका सदस्यहरूलाई लिएर आयोजित एक प्रशिक्षण कार्यक्रमको मुख्य उद्देश्य पानी प्रबन्ध गर्नु रहेको थियो। ग्लोवल वर्मिङको कारण विश्वमा पानीको कमी हुँदै गइरहेको कुरा मन्त्री भोजराज राईले आफ्नो सम्बोधनमा जानकारी गराए। यसर्थ यदि अहिलेदेखि नै पानीको संरक्षण, प्रबन्धन सही ढङगमा गर्न नसकिएको खण्डमा भविष्यमा मानिसहरूले पानीको ठूलो संकट भोग्नु पर्ने अवस्थालाई ध्यानमा राख्दै केन्द्र सरकारले अमरूत मित्रा योजना शुरू गरेको उनले अवगत गराए। पहिलाको वातावरण र अहिलेको वातावरणबीच तुलना गर्न सकिन्दैन्, किन भने पहिला प्रदुषण कम थियो भने अहिले प्रदुषणमा वृद्धि भएको कारण विभिन्न प्रकारको समस्या मानिसहरूले भोग्न परिरहेको मन्त्री राईले आफ्नो सम्बोधनमा उल्लेख गरे। विशेष गरेर स्वय सहायता समूहहरूलाई लिएर प्रशिक्षण कार्यक्रम आयोजना गरिनुको मुख्य उद्देश्य प्रशिक्षण सकेपछि सिकेका कुराहरूलाई गाउँ घऱमा बुझाउनु रहेको हो।

संस्थाका महिलाहरूलाई सक्षम बनाएर पानीको संरक्षण र प्रत्येक घरले प्रयोग गरेको पानीको विल समयमा भुक्तान गराउन पनि यस संस्थाका सदस्यहरूलाई उनले आग्रह गरे। सबै काम सरकारले मात्र गर्न नसक्ने भएकोले यसमा आम सहभागिताको अनिवार्य र महत्वबारे पनि उनले प्रकाश पारे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement