१७औँ माउन्टेन डिभिजनद्वारा दुइवटा एम्बुलेन्स प्रदान

IMG-20241210-WA0214

गान्तोक: मानव अधिकारको प्रवर्द्धन र संरक्षणका लागि समर्पित अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा सद्भावना परियोजनाको आयोजनामा महत्वपूर्ण कार्यक्रम आयोजना गरियो। १७औं माउन्ट डिभिजन अर्डनेन्स युनिट बर्दाङ डुगा व्लकमा बिरामीहरूको स्वास्थ्य र कल्याणको आवश्यकतालाई सम्बोधन गर्न दुईवटा क्रिटिकल केयर एम्बुलेन्सको व्यवस्था साथै स्वास्थ्य सेवाको उपलब्धलाई अघि बढाउनको निम्ति यसको प्रवन्धन गरिएको हो। यस कार्यक्रमको अध्यक्षता १७औं पर्वतीय डिभिजन अर्डनान्स युनिटका कमाण्डिङ अफिसर कर्णेल प्रीति कुँवरले गरेका थिए। उनीसँग सद्भावना अधिकारी मेजर सान्या, मेजर प्रताप गुरुङ लगायत अन्य अधिकारीहरू पनि सामेल रहेका थिए।
कार्यक्रममा दुई एम्बुलेन्सको चाबी सैनिक पञ्चायत अध्यक्ष र स्वास्थ्य तथा कल्याण केन्द्रका कार्यालय प्रमुखलाई औपचारिक रुपमा हस्तान्तरण गरियो।

About Author

Advertisement