गान्तोक: मुख्यमन्त्रीका प्रेस सचिव योगन तामाङले आजदेखि आफ्नो कार्यभार ग्रहण गरेका छन्। राजधानीस्थित सम्मान भवनको कार्यलयमा सचिव तामाङले आफ्नो जिम्मेवारी ग्रहण गरे। यस अवसरमा उनलाई एसकेएम पार्टी सामाजिक सञ्जाल प्रकोष्ठका अध्यक्ष नविन दाहाल,एसकेएम प्रेस एवं प्रचार प्रसार प्रकोष्ठकी अध्यक्षा रञ्जना प्रधान लगायत कार्यलयका अन्य अधिकारी एवं कर्मचारीहरूले बधाई तथा शुभकामना दिए। प्रेस सचिव योगन तामाङले आफुलाई प्रदान गरिएको यो ठूलो जिम्मेवारीको निम्ति मुख्यमन्त्री प्रेमसिंह तामाङप्रति कृतज्ञता व्यक्त गर्दै आफ्नो दायित्व पुर्ण निष्ठाका साथ निर्वहन गर्ने प्रतिवद्वता जाहेर गरेका छन्।