दार्जीलिङ: दार्जीलिङ नजिक लोधोमामा जारी शहीद दिवाकर राई स्मृति नक्आउट विण्टर कप फूटबल टुर्नामेण्टमा युनाइटेड फ्रेण्ड्स (सोम्बारिया) ले रोमाञ्चक जीतको साथ क्वार्टर फाइनलमा स्थान बनायो। नव संगम क्लब, लोधोमाको तत्त्वावधानमा आयोजित यस टुर्नामेण्टअन्तर्गत स्थानीय मैदानमा मंगलवार खेलिएको म्याचमा सिक्किमको युनाइटेड फ्रेण्ड्सले इलेवेन शाइनिंग स्टार (भद्रपुर, नेपाल) विरुद्ध ३-०-ले जीत हासिल गऱ्यो। विजेता टीमबाट रोशन सुब्बाले १९औं र ५२औं मिनटमा २ गोल गरे। यसबाहेक सोनु अंगबूले इञ्ज्युरी टाईमको तेस्रो मिनटमा गोल गरे। रोशन सुब्बालाई प्लेयर अव् द म्याच चयन गरियो। यस नाइन ए साइड टुर्नामेण्टमा जम्मा १६ वटा टीमले हिस्सा लिएको छ अनि फाइनल ३१ दिसम्बरमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथ ३ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथ २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।