वर्ल्ड कप २०३४-को आयोजक देशको रूपमा सऊदी अरबको नाममा मोहर लगाउन तयार फिफा

IMG-20241210-WA0205

नयाँ दिल्ली: विश्व फूटबलको सर्वोच्च संस्था फिफाले बुधवार आफ्नो विशेष बैठकमा २०३४-मा हुने फिफा वर्ल्ड कपको आयोजकको रूपमा सऊदी अरबको दावेदारीमाथि अन्तिम मोहर लगाउनेछ। यसको साथै २०३०-मा हुने वर्ल्ड कपको आयोजन तीनवटा महाद्वीप र ६ वटा देशमा गर्ने फसेलाको पनि पुष्टि गरिनेछ। त्यस वर्ल्ड कपको आयोजन तीनवटा देश स्पेन, पोर्तुगल र मोरक्कोलाई सुम्पिइनेछ तर यसको तीनवटा म्याच दक्षिण अमेरिकी देशहरूमा खेलिनेछ। उरुग्वेले १९३०-मा पहिलो फिफा वर्ल्ड कप फूटबल टुर्नामेण्टको आयोजन गरेको थियो। यसरी यस देशले २०३०-मा हुने वर्ल्ड कपको पहिलो म्याचको पनि आयोजन गर्नेछ। टुर्नामेण्टको उद्घाटन समारोह पनि उरुग्वेमै हुनेछ। उरुग्वेको साथमा अर्जेण्टिना र प्याराग्वेले पनि २०३०-मा हुने वर्ल्ड कपको एक-एकवटा म्याचको आयोजन गर्नेछ। फिफाले यसको निम्ति बुधवार ज्यूरिखमा एउटा विशेष कांग्रेसको आयोजन गर्नेछ। बैठकमा फिफाको २११ सदस्य देशहरूले अनलाइन भाग लिनेछ। फिफा मुख्यालयमा बन्द कमरामा हुने बैठकको सीधा प्रसारण संस्थाको वेबसाइटमा हेर्न सकिनेछ। वर्ल्ड कप २०३० र २०३४ को आयोजकको पुष्टि पञ्जीकृत भोटको सट्टा संयुक्त निर्णयद्वारा लिन सकिन्छ। फिफाले २०२६-मा हुने वर्ल्ड कपको आयोजनको निम्ति जून २०१८-मा मस्कोमा भएको मतदानमा प्रत्येक सदस्यको चयनलाई खुलासा गरेको थियो। त्यस समय अमेरिका, कनाडा र मेक्सिकोले संयुक्त आयोजन हासिल गरेको थियो। यी तीनवटा देशले आयोजक बन्ने दौड़मा मोरक्कोविरुद्ध १३४-६५ भोटले जीत हासिल गरेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement