विद्रोही समुहले सिरियाका जेलहरूबाट बन्दीहरूलाई गरे रिहा

00-1-Syria

सिरियामा इस्लामिक विद्रोही समुह हयात तहरीर अल सामले सिरियामाथि कब्जा गरेपछि त्यहाँका विभिन्न शहरका जेलहरूबाट बन्दीहरुलाई रिहा गरिदिएको छ। वषौंदेखि विभिन्न जेलमा रहेका राजनैतिक बन्दी र अपराधमा दोषी ठहर भएका व्यक्तिहरुलाई समेत रिहा गरिदिएको छ। विद्रोही समुहले सिरियामाथि सत्ता कब्जा गरेपछि सम्पुर्ण कारागारहरुको ढोका खोलेर कैदी बन्दीहरुलाई रिहा गरेको हो। जेलको ढोका खोलेपछि त्यहाँको सुरक्षाका लागि खटिएका पुलिसहरु पनि फिर्ता भएका छन्। बन्दीहरुमा अधिकांश अभिभावक जेल  चलान हुँदा उनीहरुसँगै जेलमा रहेका बालबालिकाको संख्या अत्यधिक रहेको छ। यसअघि विश्वका कुनै पनि राष्ट्रमा विद्रोही समुहले सत्ता हत्याउँदा भने कारागारमा रहेका बन्दीहरुलाई रिहा गरेको थिएन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement