दार्जीलिङ: घूम जोरबंग्लो युनाइटेड क्लबको आयोजनमा जारी म्याराडोना मेमोरियल कप फूटबल टुर्नामेण्टमा सनफ्लावर फूटबल क्लबले रोमाञ्चक हासिल गऱ्यो। घूम स्कूल ग्राउण्डमा मंगलवार भएको म्याचमा सनफ्लावर फूटबल क्लबले युनाइटेड ऋषिहाट फूटबल क्लबविरुद्ध ७-४-ले जीत हासिल गऱ्यो। विजेता टीमबाट प्रसिद्ध सुब्बाले ह्याट्रिक गरे। यसबाहेक अभय थापाले २ गोल गरे। अन्य २ वटा गोल अल्विन गुरुङ र फिरोज थापाले गरे। यसरी युनाइटेड ऋषिहाट फूटबल क्लबबाट शेखर राई एक्लैले ४ गोल गरे। शेखर राईलाई प्लेयर अव् द म्याच चयन गरियो। यस सेभेन ए साइड टुर्नामेण्टमा जम्मा २२ वटा टीमले हिस्सा लिएको छ। फाइनल २२ दिसम्बरमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५०००० रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।