तीन सय ग्राम ब्राउन सुगरसहित एक कारोवारी पक्राउ

Chhetriya-Samachar-1

सिलगढ़ी: स्पेशल अपरेशन ग्रुप (एसओजी) र प्रहरी चौकीले तीन सय ग्राम ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ परेका अभियुक्तको नाम दीपक मण्डल रहेको छ। उनी मालदा जिल्लाको कालियाचकका बासिन्दा हुन्। प्राप्त जानकारीका अनुसार आज गोप्य सूचनाको आधारमा एसओजी र एनजेपी चौकीले कावाखालीको विश्व बंगला शिल्पी हट अगाडि अपरेशन गरी एक अभियुक्तलाई शंकास्पद अवस्थामा पक्राउ गरेको हो। अभियुक्तको खोजी गर्दा उनको साथबाट करिब ३ सय ग्राम ब्राउन सुगर बरामद भएको थियो। एनजेपी पुलिस स्टेशनले आरोपीलाई बुधबार जलपाईगुडी अदालतमा पेश गर्ने बताए।

About Author

Advertisement