मिताली एक्सप्रेस पाँच महिनापछि बंगलादेशबाट भारत फर्कियो

IMG-20241210-WA0175

जलपाईगढी: बंगलादेशमा पाँच महिनासम्म फसेको मिताली एक्सप्रेस मंगलबार घर फर्कियो। जुलाई १७ मा बंगलादेशी यात्रुहरूसहित मिताली एक्सप्रेस जलपाईगढी टाउन स्टेशन हुँदै भारत-बंगलादेश सीमाको हल्दिबारी स्टेशन पार गर्यो, र अन्तिम पटक बंगलादेश सीमाको लालमनी हाट हुँदै ढाका पुग्यो। त्यसपछि बंगलादेशको राजनीतिक अवस्था बिस्तारै बिग्रँदै गयो। प्रधानमन्त्री शेख हसिनाले देश छाडेर भारतमा शरण लिएकी थिइन्। त्यसयता भारतीय रेलवेद्वारा सञ्चालित मिताली एक्सप्रेस सिमानामा अलपत्र परेको थियो। सोमबार ढाकामा दुई देशका विदेश सचिवको बैठकपछि मिताली एक्सप्रेस मंगलबार बिहान हल्दिबारी हुँदै भारत फर्कियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement