खेलाड़ी र कप्तानको रूपमा रोहितले पुनरागमन गर्ने कपिलको दावी

IMG-20241210-WA0186

नयाँ दिल्ली: महान क्रिकेटर कपिल देवले रोहित शर्माको खेलमा पुनरागमन गर्ने क्षमतामाथि सन्देह गर्नु नहुने मत व्यक्त गरे। यसको साथमा उनले आलोचनाहरूको भुँवरीमा फसेका भारतीय कप्तानले आफ्नो करियरको यस चरणमा स्वयंलाई साबित गर्ने कुनै आवश्यकता नभएको पनि स्पष्ट गरे। एडिलेडमा डे-नाइट दोस्रो टेस्ट म्याचमा रोहितले मीडलअर्डरमा ब्याटिंग गर्दै ३ र ६ रन मात्र बनाउन सके। खेलाड़ी र कप्तानको रूपमा खराब प्रदर्शनपछि प्रशंसकहरू र पूर्व खेलाड़ीहरूले उनको आलोचना गरेका थिए। भारत दोस्रो टेस्टमा केवल अढ़ाई दिनभित्र १० विकेटले पराजित भएको थियो। कपिलले एउटा कार्यक्रममा भने, उनले आफूलाई साबित गर्ने कुनै आवश्यकता छैन। उनले सालौंदेखि यस्तो गर्दै आएका छन् अनि हामीले उनको क्षमतामाथि सन्देह गर्नु हुँदैन। म त निश्चित रूपले गर्ने छुइनँ। उनी चाँड़ै फर्ममा आउने मलाई आशा छ, जुन महत्त्वपूर्ण छ। उल्लेखनीय छ, आफ्नो दोस्रो सन्तानको जन्मले गर्दा रोहित अष्ट्रेलियाविरुद्ध सीरीजको पहिलो टेस्ट म्याचबाट बाहिर रहेका थिए। पहिलो टेस्टमा रोहितको अनुपस्थितिमा केएल राहुलले ओपनिंग गर्दै केही रन बनाएका थिए। यसैकारण दोस्रो टेस्टको निम्ति टीममा फर्किए पनि ३७ वर्षीय रोहितले मध्यक्रममा ब्याटिंग गर्नु परेको थियो कारण पहिलो टेस्टमा यशस्वी जयसवाल र राहुलको ओपनिंग जोड़ीले असल प्रदर्शन गरेको थियो।
कपिलको भनाइअनुसार, एक-दुईवटा प्रदर्शनको आधारमा तपाईंले कसैले कप्तानीमा सन्देह गर्नु हुँदैन। उनले भने, भारतले रोहितकै कप्तानीमा केवल ६ महिना अघि टी२० वर्ल्ड कप जितेको थियो। त्यस समय त कसैले उनको कप्तानीमाथि प्रश्न उठाएनन्। यस सालको शुरुवातमा पनि उनकै कप्तानीमा भारतले होम टेस्ट सीरीजमा ईंग्ल्याण्डलाई पराजित गरेको थियो। उनको क्षमता र प्रतिभाबारे बताउनु पर्ने नयाँ केही छैन। यसैकारण उनले अवश्यै पुनरागमन गर्नेछन्। युवा पेस बलर हर्षित राणालाई दोस्रो टेस्ट म्याचमा खेल्नु के गल्ती थियो भन्ने प्रश्नको जवाफमा कपिलले भने, यसबारे टिप्पणी गर्ने अधिकार मसँग छैन। म यस मामिलामा फसेला गर्न सक्दिनँ कारण टीमको चयनबारे फसेला लिने व्यक्तिहरू अष्ट्रेलियामा रहेका छन्। टीमको संरचना कस्तो हुनु पर्नेछ भन्ने उनीहरूलाई राम्ररी थाहा छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement