सिलगढ़ी: प्रधान नगर थानाको सादा पोशाक पुलिसले अपराधको योजना बनाउने तीन अपराधीलाई पक्राउ गरेको छ। अभियुक्तहरुको नाम बिकी सरकार, अजित ओराव र झन्टु मण्डल रहेका छन्।
पुलिस स्रोतबाट प्राप्त जानकारी अनुसार हिजो राति वडा नम्बर १ अन्तर्गत कुल्लीपाडा महानन्द पुलमुनि १०-१२ जनाको समूहले आपराधिक घटना गर्न जम्मा भएका थिए। यसबारे जानकारी पाएलगत्तै प्रधाननगर थानाको सादा पोशाकका पुलिसले त्यहाँ अपरेसन गरी तीनैजनालाई पक्राउ गरेको छ। तर, त्यहाँ पुलिस पुगेपछि धेरै मानिसहरु फरार भएका थिए। आरोपीहरुबाट केही धारिलो हतियार समेत बरामद भएको छ। पुलिसले फरार अपराधीहरुको खोजी गरिरहेको छ। आज आरोपीहरूलाई सिलगढी अदालतमा पेश गरिएको छ। प्रहरीले सो
घटनालाई लिएर थप अनुसन्धान गरिरहेको छ।











