सिलगढी: बंगलादेशमा अल्पसंख्यकमाथि हुने हमला र अत्याचारको विरोधमा इस्ट बेङ्गाल फ्यान क्लबले सिलगढीमा गान्धीको प्रतिमा नजिक विरोध प्रदर्शन गरेको छ। बंगलादेशमा अल्पसंख्यकमाथि भएको आक्रमणको विरोधमा जनताले आवाज उठाएका हुँन्।
सिलगढी लगायत विभिन्न ठाउँमा विरोध प्रदर्शन भइरहेको छ। आज इस्ट बंगाल फ्यान क्लबका कार्यकर्ता र समर्थकहरूले सिलगढीमा ऐक्यबद्धता जनाउँदै विरोध कार्यक्रम आयोजना गरेका छन्। सो अवसरमा इस्ट बेङ्गाल फ्यान क्लबका उपाध्यक्ष अनुप बसुलगायत अन्य सदस्यहरुको उपस्थिति रहेको थियो। बंगलादेशमा जसरी अल्पसंख्यकमाथि हमला भइरहेको छ त्यसको विरोधमा यो प्रदर्शन गरिएको इस्ट बंगाल फ्यान क्लबका सदस्यहरुले बताएका छन्।