बिर्तामोड़ :झापाको बिर्तामोड-४ बाट चिठी छोडेर बेपत्ता भएका तीन बालक- १३ वर्षीय विश्वास राजवंशी, १६ वर्षीय कबीर चौधरी, र १४ वर्षीय सिर्जन चौधरी केही घण्टाको खोजीपछि झापाको धुलाबारीमा सुरक्षित अवस्थामा फेला परेका छन्।
तीनै बालकले घर छोड्नु अघि चिठीमा आमाबुबालाई सम्बोधन गर्दै, “अब हामीलाई नखोज्नु, हामी गएका छौं” लेखेका थिए। यो चिठीले परिवारलाई ठूलो मानसिक तनाव पुर्याएको थियो। परिवार र स्थानीयको सक्रियतामा ती बालकहरूलाई सुरक्षित अवस्थामा भेटिएको हो।