काठमाण्डू: राष्ट्रिय मानव अधिकार आयोगले नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) बसन्तबहादुर कुँवरलाई छलफलका लागि बोलाएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेमाथि दुर्व्यवहार भएको भन्ने विषयमा सोधपुछ गर्नका लागि सोमबार दिउँसो कुँवरलाई आयोगमा बोलाइएको सहप्रवक्ता श्यामबाबु काफ्लेले जानकारी दिए।