बेलबारी जेसिजमाहुने पुन: निर्बाचनलाई लिएर सदस्यहरु असन्तुष्ट

IMG-20241210-WA0112

बेलबारी: युवाहरुको नेतृत्व र ब्यत्तित्व क्षमता अभिबृद्धिका लागि अब्बल मानिँदै आएको जेसिजको नेतृत्वका लागि यतिबेला युवाहरुबिच हानाथाप छ।
यहि बिच मोरङको बेलबारीमा रहेको बेलबारी जेसिजको नेतृत्वका लागि समेत दुई युवाहरुबिच नेतृत्वको दाबी रहेको छ। दुबै युवाहरुबिच सहमति हुन् नसकेपछि यहि डिसेम्बर १३ शुक्रबारका लागि निर्बाचन समेत तोकिएको छ।
बेलबारी जेसिजको अध्यक्षका लागि सर्बसम्मत हुने पक्का भएका पुष्कल सुवेदी (सियोम) र अच्युत पौडेलले दाबी नगरेपछि अध्यक्षका लागि बिराज न्यौपाने र सन्तोष भट्टराई प्रतिष्पर्धामा उत्रिएका हुन्। गत बर्षदेखि चुनावमा होमिएको बेलबारी जेसिज नेतृत्वका लागि प्रतिष्पर्धा गरिरहँदा सदस्य बिस्तारमा भने कमजोर बन्दै गएको छ।
कुनैबेला २ सय ५४ जना सम्म सदस्य रहेको बेलबारी जेसिज हाल ७५ जना सदस्यमा खुम्चिएको छ। बेलबारी जेसिजको गत बर्ष भएको निर्बाचनमा भुवन पौडेललाई पराजित गर्दै प्रशान्त निरौला चयन भएका थिए। यसपटक सर्बसम्मत नेतृत्व चयन हुने आशा बोकेका जेसिजका सदस्यहरुमा निर्बाचन हुने अबस्था सिर्जना भएपछि सदस्यहरु समेत दुई ध्रुबमा बाँडिएका छन्। एकातिर सदस्य घटदो क्रममा छ भने अर्कोतर्फ निर्बाचनका कारण सदस्यहरु नै बिभाजित भएका छन्। अध्यक्षका उम्मेदवार भट्टराई नेपाली काँग्रेस बेलबारीका सचिब हुन् भने न्यौपाने नेकपा एमालेका सक्रिय सदस्य हुन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement