कपिलवस्तु: स्थायी घर कपिलवस्तु भई फुटबल खेल्न मोफसलका अधिकांश जिल्ला पुगेका र खासगरी रुपन्देही, कपिलवस्तु, नवलपरासी, चितवन लगायतका जिल्लामा आफूलाई चिनाएका युवा फुटबल खेलाडी निशान न्यौपानेको दुर्घट्नामा परि निधन भएको छ।
निकटका स्रोतका अनुसार उनको स्कुटर दुर्घटना परि २२ वर्षको उमेर मै निधन भएको हो। दुर्घट्नामा परेपछि उनलाई उपचारका लागि अस्पताल लग्दा मृत्यु भएको बताइएको छ।
बुटवलमा रहेको एन्फा एकेडेमीको उत्पादन समेत रहेका निशानले लामो समय एकेडेमी मै रहेर पनि फुटबल खेलेका थिए। रुपन्देही लगायत आसपासका जिल्लाहरुमा नियमित फुटबल खेल्दै आएका उनले हालै रुपन्देहीमा सम्पन्न तेस्रो समपर्ण कपको फाइनल समेत खेलेका थिए।