गान्तोक: पुरानो पेन्सन योजनालाई लिएर सञ्चालित राष्ट्रिय अभियान आयोजक समिति केन्द्रीय कार्यकारिणी समितिको बैठक गान्तोकमा सम्पन्न भयो। सिक्किम राज्य समितिको तत्परतामा आयोजित बैठकको अध्यक्षता समिति अध्यक्ष पेमा भोटियाले गरेकी थिइन्। बैठकले संगठनको आगामी कार्यक्रम र उपलब्धिबारे छलफल गरेको थियो। सिक्किम सरकारले पुरानो पेन्सन योजना पुनर्स्थापनाको लागि अधिसूचना जारी विषयमाथि पनि छलफल गरेको थियो। स्मरण रहोस्, सिक्किम सरकारले गत ९ फरवरी २०२४ को दिन उक्त अधिसूचना जारी गरिसकेको छ। पेन्सन योजनाबारे राज्य कार्यकारी समितिले जनवरी महिनामा मुख्यमन्त्री प्रेमसिंह तामाङसित भेट गरि सम्पूर्ण जानकारी गराएको थियो। सेवानिवृत्त कर्मचारीहरूको अधिकारमाथि संगठनले लगातार रुपमा माग उठाउँदै आएका थिए। यसबीच बैठकमा उपस्थित सदस्यहरुले आफ्नो धारणा राख्दै विभिन्न प्रस्ताव पारित गरेको छ। यसअन्तर्गत संगठनले जिल्लास्तरीय समितिसँग छलफल गरी २०२५ मा राज्यस्तरीय सभा गर्ने निर्णय गरेको छ।