मुख्यमन्त्रीद्वारा रोलु मन्दिरमा गरिने पूजालाई लिएर सभा सम्पन्न

IMG-20240717-WA0003

गान्तोक: आगामी १६औं रोलु दिवसको अवसरमा रोलु मन्दिरमा आयोजना गरिने विशेष पूजालाई लिएर आज रोलु मन्दिर प्राङ्गनमा पूजा आयोजक समितिको विशेष सभा सम्पन्न गरेको छ। सिक्किम क्रान्तिकारी मोर्चा पार्टीका अध्यक्ष एवं मुख्यमन्त्री प्रेमसिंह तामाङ आगामी २१ दिसम्बरका दिन रोलु दिवसमा सहभागी हुनु अघि उक्त पवित्र रोलु मन्दिरमा पूजा अर्चना गर्ने कार्यक्रम छ।
सोही पूजा आयोजनलाई लिएर आज समन्वय सभा सम्पन्न भएको हो।
पूजा आयोजक समितिका अध्यक्ष तथा मुख्यमन्त्रीका सल्लाहकार रोहितराज महाराजको अध्यक्षतामा सम्पन्न भएको सो सभामा पूजालाई भव्यताका साथ सम्पन्न गर्न पूजा सम्बन्धि विशेष छलफल भएको थियो। सभामा जोरथाङ नगर पञ्चायत अध्यक्ष पवित्र मानव, अध्यक्ष विष्णु शर्मा लगायत एसकेएम पार्टीका अन्य पदाधिकारीहरू र पार्टीका सक्रिय कार्यकर्ताहरू उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement