सिक्किमकी सन्ध्या सुब्बा प्रतिभा पुरस्कार र ताप्लेजुङका राजेश्वर थापा प्रतिभा सम्मानबाट पुरस्कृत हुने

n6426936701733768846695dbd309ce9d18f540df0180a568c45bde266ea059bbf2cee6bf383da32a572eab

गान्तोक: नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले यो वर्षको ‘प्रतिभा पुरस्कार’ सिक्किम, भारतकी युवा इतिहासकार तथा याक्थुङ मुन्धुमका अध्येता सन्ध्या सुब्बा सिङ्जाङ्गोलाई प्रदान गर्ने घोषणा गरेको छ।
यसैगरी प्रतिभा सम्मान ताप्लेजुङका अग्रज लेखक तथा संचारकर्मी राजेश्वर थापालाई दिने भएको छ।
प्रतिष्ठानको बेलायतमा आइतवार सांझ बसेको पूर्ण बैठकले परस्कार राशी १ लाख नगद र ताम्रपत्रसहितको प्रतिभा पुरस्कार सिङ्जाङ्गोलाई र पुरस्कार राशि ५० हजार नगद सहित ताम्रपत्र र दोसल्ला ओडाएर प्रतिभा सम्मान थापालाई प्रदान गर्ने कार्यक्रम
रहेको अध्यक्ष टंक वनेमले बताए।
प्रतिष्ठानकाअनुसार, सन् १९८८ मा सिक्किमको गान्तोकमा जन्मेकी सिङ्जाङ्गोले मुन्धुमको खोजी, अनुसन्धान, अनुवाद र लेखन तथा स्थानीय रैथाने कला संस्कृति संरक्षणमा उनको सक्रिय योगदान रहेको छ। ३६ वर्षीया सिङ्जाङगोले भारतको दिल्ली विश्वविद्यालयबाट इतिहासमा स्नातकोत्तर गरेपछि रैथाने मुल्य मान्यताको खोजी गर्दै याक्थुङ मुन्धुमको वृहत अनुसन्धानमा फड्को मारेकी हुन्। उनको अंग्रेजीमा ‘लिम्बू समन्सः अ डाइरेक्टरी अल लिम्बू समन्स इन सिक्किम, चइत मुन्धुम (द स्टोरी अफ क्रियसन), मुजिङ्ना खेयङ्ना मुन्धुम अनुवाद, याक्थुङ सिभिलाइजेसनः इम्बिरी याङधाङ्वा पुम्मा कलेन्सन आर्टिकल, याक्थुङ मुन्धुमलोर पुस्तक प्रकाशित छ।
प्रतिष्ठानका अध्यक्ष टंक वनेमले भने, ‘युवा इतिहासकार, लेखिका सिङ्जाङगोको अध्यययन, अनुसन्धान, लेखन र रैथाने सम्पदा अन्वेषणमा उल्लेखनिय योगदानको कदर गर्दै यो वर्षको प्रतिभा पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो।’ प्रतिष्ठानले प्रतिभा पुरस्कार भारतीय नागरिकलाई प्रदान गर्ने घोषणा गरेको यो पहिलो हो।
बेलायतमा बसेर कर्मथलो बनाएका नेपाली स्रष्टाहरुले सन २००८ मा बेलायतमा स्थापित गरेको नेपाली प्रतिभा प्रतिष्ठानले आफ्नो स्थापनाकालदेखि नै प्रतिभा पुरस्कार र प्रतिमा सम्मान प्रदान गर्दै आइरहेको बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement