‘कुजु’ नामक हिम चितुवा आधिकारिक म्यासकट

Screenshot_20241209_233645_Samsung Notes

गान्तोक: आगामी वर्ष 2025 मा सिक्किम राज्य गठन भएको ५० वर्ष पूरा हुनेछ। यस विशेष अवसरमा आयोजना गरिने कार्यक्रमहरूको तयारीलाई लिएर प्रशासनिक स्तरमा लगातार बैठक आयोजना भइरहेको छ।
यस बीच सिक्किम सरकारले राज्य गठनको ५०औं वर्षगॉंठलाई ध्यानमा राख्दै आधिकारिक म्यासकट सार्वजनिक गरेको छ।
राज्य गृह विभागले आज जारी गरेको एक अधिसूचना अनुसार, सिक्किमले १६ मई, २०२५ मा राज्य गठनको ५०औं वर्षगॉंठ समारोह आयोजना गरिरहेको छ। राज्य सरकारले ‘सुनौलो, समृद्ध अनि समर्थ सिक्किम’ को आधिकारिक थीम अन्तर्गत आधिकारिक लोगो र जिङ्गल अधिसूचित गरिसकेको छ।
यस महत्त्वपूर्ण अवसरको बारेमा व्यापक मान्यता र प्रचारका लागि राज्य सरकारले ‘कुजु’ नामक हिम चितुवालाई आफ्नो आधिकारिक म्यासकट अधिसूचित गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement