मैदानमा बहस गर्ने सिराज र हेडलाई कठोर शास्ती दियो आईसीसीले

IMG-20241209-WA0255

एडिलेड: आईसीसी (अन्तर्राष्ट्रिय क्रिकेट परिषद)-ले भारतीय पेस बलर मोहम्मद सिराजमाथि एडिलेड ओवल मैदानमा खेलिएको डे-नाइट टेस्ट म्याचको अवधि तीखो बहसको निम्ति म्याच फीसको २० प्रतिशत जरिमाना लगायो जबकि अष्ट्रेलियाका ब्याटर ट्रेविस हेडले पनि शास्ती पाए। दोस्रो टेस्ट म्याचमा अष्ट्रेलियाको पहिलो ईनिंग्समा हेडलाई आउट गरेपछि सिराजले खुशीयाली मनाउने क्रममा अष्ट्रेलियाई ब्याटरलाई मैदान छोड़्ने इशारा गरेका थिए। त्यसपछि यी दुईजनाबीच बहस पनि भएको थियो। सोमवार अनुशासनात्मक सुनुवाईपछि सिराज र हेडलाई आईसीसीको आचार संहिताको उल्लंघनको दोषी पाइयो। आईसीसीले बताएअनुसार, सिराजलाई खेलाड़ीहरू अनि खेलाड़ी सहयोगी कर्मीहरूका निम्ति आईसीसी आचार संहिताको नियम २.५ उल्लंघनको दोषी पाइएपछि उनीमाथि म्याच फीसको २० प्रतिशत जरिमाना लगाइयो। हेडलाई पनि खेलाड़ीहरू अनि खेलाड़ी सहायक कर्मीहरूका निम्ति आईसीसी आचार संहिताको नियम २.१३-को उल्लंघन गरेकोमा दण्डित गरियो। आईसीसी आचार संहिताको २.५ नियम यस्तो भाषा, कार्य या हावभाव उपयोग गर्नसँग सम्बन्धित छ जसले कुनै ब्याटरलाई अपमानित गर्न या उनलाई आउट भएपछि आक्रामक प्रतिक्रियाको निम्ति उस्काउँछ। सिराज र हेडको अनुशासनात्मक रेकर्डमा एक-एक डिमेरिट पोइण्ट पनि जोड़ियो, जुन गत २४ महिनामा यी दुईजनाको पहिलो अपराध थियो। यी दुवैले आ-आफ्नो अपराध स्वीकार गरेका छन् अनि म्याच रेफरी रञ्जन मदुगलेद्वारा प्रस्तावित शास्तीहरूलाई पनि स्वीकारेका छन्। अष्ट्रेलियाले दोस्रो टेस्ट म्याचमा १० विकेटले जीत हासिल गरी ५ वटा टेस्ट म्याचको बोर्डर गावस्कर ट्रफी टेस्ट सीरीजमा १-१-को बराबरी हासिल गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement