बाबुको हत्याको आरोपमा छोरा पक्राउ

IMG-20240717-WA0003

गान्तोक: दक्षिण जिल्लाको सुम्बुकमा एउटा दुःखद घटना भयो, जसको परिणामस्वरूप एक ५५ वर्षीय व्यक्ति गंगा प्रसाद शर्माको मृत्यु भएको छ। मृतकका कान्छा छोरा पूर्णप्रसाद शर्माले पुलिसलाई दिएको जानकारी अनुसार परिवारिक विवादका कारण उक्त घटना भएको हो। घटना घटेको समयमा कान्छा छोरा पूर्ण प्रसाद जोरथाङमा थिए भने उनलाई काकी कमला शर्माले फोन मार्फत बुबा विरामी रहेको सूचना दिएकी थिइन्। सूचना पाउन साथ उनी आफ्नो घर सुम्बुक पुगेका थिए। घटनाक्रम अनुसार हिजो विहान चारबजीतिर छोरा गणेशलाल शर्माबीच चर्को विवाद भएको थियो। यसै क्रममा छोरा गणेशले बाबुलाई तानेर भान्सा घरको सिमेन्टको भूइंमा टाउको ठोक्काइ दिएका थिए, जसको कारण उनको मृत्यु भएको बताएको छ। टाउको ठोक्काएपछि दुई घण्टासम्म ओछ्यानमा बसेर आराम गर्ने क्रममा उनको मृत्यु भएको हो। यस घटनालाई लिएर सरमसाको फोरेन्सिक टोलीले घटनास्थलको जाँच गर्योक, जसको नेतृत्व खण्ड विकास अधिकारी एलबी प्रधानले गरेका थिए। जाँचको क्रममा मृतकको टाउको र अनुहारमा तीनवटा गहिरो चोट फेला पऱ्यो। शवलाई पोस्टमार्टमको निम्ति एसटीएनएम अस्पतालमा लगिएको छ भने आरोपी गणेशलाल शर्मालाई पुलिसले हिरासतमा लिएर केरकार गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement