जोरथाङमा मुख्यमन्त्री गोल्ड कप फुटबल प्रतियोगिता आयोजना गरिने

IMG-20241209-WA0260

गान्तोक: माघे संक्रान्ति महोत्सवको विशेष अवसरमा मुख्यमन्त्री स्वर्णकप फुटबल प्रतियोगिता जोरथाङको खेल मैदानमा आयोजना हुने भएको छ। यस खेल मैदानलाई यथाशीघ्र सञ्चालन योग्य बनाउन मरम्मति तथा सुन्दरीकरण गर्ने कार्य अहिले युद्वस्तरमा कार्य सम्पन्न भइरहेको छ। यस तयारी कार्यको क्षेत्र विधायक तथा सल्लाहकार एवं माघे संक्रान्ति समारोह समितिका प्रमुख संरक्षक मदन सिन्चुरीले निरन्तर रूपमा निरिक्षण गरिरहेका छन्। अब उसो प्रत्येक बर्ष मुख्यमन्त्री स्वर्णकप फुटबल प्रतियोगिता जोरथाङको खेल मैदानमा आयोजना हुने भएको छ। यस खेल मैदानलाई चाँडो भन्दा चाँडो खेलयोग्य र सुन्दर एवं आकर्षक बनाउने आवश्यक काम भईरहेको र क्षेत्र विधायकले निरन्तर जायजा लिंदै आवश्यक सुझाव एवं परामर्श दिने काम गरिरहेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement