रानीपूल चोरी काण्डका आरोपीहरू पुलिसको पन्जामा

IMG-20241209-WA0259

गान्तोक: गत केही दिन अघि रानीपुलको विभिन्न घरबाट चोरी गर्ने व्यक्तिहरूलाई रानीपुल पुलिसले पश्चिम बङ्गालको सिलगढीबाट पक्राउ गरेको छ। रानीपुल पुलिसले सिलगढी पुलिसको सहायतामा गत ८ दिसम्बरको दिन आरोपीहरूलाई पक्राउ गरेको हो। पक्रा पर्नेहरूमा आरिथाङ निवासी धर्मेन्द्र साह, इम्फाल निवासी विकास सिंह र आरिथाङ निवासी जोहन सुब्बा रहेका थिए।पुलिसले थप जानकारी गराए अनुसार आरिथाङ निवासी नितेश राई भने अहिलेसम्म पुलिसको पञ्जामा परेको छैन।सिक्किम पुलिसले आरोपीहरू विरूद्ध बीएनएसएस ५ अन्तर्गत मुद्दा दर्ता गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement