गान्तोक: जिल्ला आपदा प्रबन्धन प्राधिकरणको मापदण्डहरूअनुसार पाकिम जिल्लाका जिल्लापालको निर्देशमा महकुमा अधिकारी टेन्डुप लेप्चाले आज एक कार्यक्रमबीच मालीगाउँ निवासी अग्निपीड़ित शान्ति प्रसाद शर्मालाई सहयोग राशिको चेक हस्तान्तरण गरे। उल्लेख्य, शर्माको कच्चा घरमा आगलागी हुँदा ठूलो क्षति भएको थियो। यसलाई लिएर जिल्ला प्रशासनले त्वरित कारवाही गर्दै अग्निपीड़ित शर्मा परिवारलाई चेक हस्तान्तरण गरेको हो। घटनालगत्तै शिक्षा, खेलकुद तथा युवा मामिला विभागीय मन्हत्री तथा नाम्चेबोङ क्षेत्रका विधायक राजु बस्नेतले वार्ड पञ्चायत र राजस्व अधिकारीसँगको सहकार्यमा स्थलगत भ्रमण गरेका थिए। यसपछि टोलीमा सामेल धिकारीहरुले क्षतिग्रस्त घरको नोक्सानी आकलन गरेपछि जिल्ला प्रशासनलाई आर्थिक अनुदान हस्तान्तरण गर्ने आदेश गरेका थिए। यस आकलनको आधारमा पीडितलाई तुरुन्तै सहायता उपलब्ध गराउने कार्य भएको छ।