मार्चकमा सरस्वती विद्या निकेतनको वार्षिकोत्सव

IMG-20241209-WA0256

गान्तोक: रानीपुल सरस्वती विद्या निकेतनले आज विभिन्न कार्यक्रमसँगै वार्षिकोत्सव पालन गऱ्यो। रानीपुल मार्चकस्थित कृषि महाविद्यालयको अडिटोरियम हलमा सम्पन्न कार्यक्रममा सिक्किम सरकारका शिक्षा मन्त्री राजु बस्नेत, मुख्य अतिथिका रूपमा उपस्थित थिए। उक्त वार्षिकोत्सवमा विद्या भारतीका सिक्किमका पदाधिकारीहरु, विद्या भारती अखिल भारतीय शिक्षा संस्थानका प्रतिनिधिहरु लगायत सरकारका विभिन्न विभागीय अधिकारीहरु र विद्यार्थीहरुको बाकिलो सहभागिता थियो। यसबीच विद्यार्थीहरुले देशभक्ति सम्बन्धी विभिन्न कार्यक्रमहरु प्रस्तुत गरेर देशभक्तिको सन्देश दिएका थिए। विद्या भारती सिक्किमअन्तर्गत सञ्चालित विभिन्न स्कूलहरुले वार्षिकोत्सव समारोहमा विभिन्न कार्यक्रम प्रस्तु गर्दै देशभक्तिको सन्देश दिँदै दिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement