भागोप्रमो रोहिणी खण्ड समितिको सभा

IMG-20241209-WA0243

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा, रोहिणी खण्ड समितिको सभा मार्चेबुङमा खण्ड समिति सभापति दिपक तामाङको सभापतित्वमा सम्पन्न भयो। सांगठनिक विषय लिएर राखिएको सभामा पार्टीलाई बलियो बनाउन अब जनसाधारणको चाहनालाई बुझेर शाखा पुनर्गठन गरिनुपर्ने चर्चा गरियो। रोहिणीको सार्वजनिक स्थल र विकासको कार्यहरूमा ध्यान दिनुपर्ने अवगत गराइयो।वक्ताहरूले सबैमा तालमेल राखेर कार्य गर्नुपर्ने आग्रह गरे। सभालाई महकुमा सांगठनिक सचिव गजेन प्रधान, बिसन गोले, सचिव उत्तम मुखिया, अर्जुन मगर,चमरे बम्जन, एमके लामा, सभापति दिपक तामङ, सरोज तामङ, बिकास दियाली, विजय प्रधान, सुष्मा वाइबा आदिले सम्बोधन गरेका थिए भने सभाको सञ्चालन विकास गुरूङले गरेका थिए भनी दिपेन तामाङले जानकारी दिएका छन्।

About Author

Advertisement