खरसाङ: असम र नागाल्याण्डमा पादरी गङ्गाप्रसाद प्रधानको बारेमा चर्चा कार्यक्रम सम्पन्न भएको छ। नागाल्याण्डको गोर्खा ब्याप्टिस्ट चर्च लाहोरिजन, कारबी अंगलोङ जिल्ला, असममा “पादरी गङ्गाप्रसादकाे योगदान” सम्बन्धी प्रथम पटक चर्चा असम र नागाल्याण्डका इच्छुकहरूको निम्ति गरियो। स्थानीय पास्टर भरत शर्माको अध्यक्षतामा सञ्चालन गरिएको यो कार्यक्रमको प्रारम्भिक सम्बोधन पास्टर नवराज थापाद्वारा गरियो।
यो कार्यक्रमको निम्ति स्रोत वक्ताको रुपमा कालेबुङ निवासी रेभ डा छत्र सुब्बा पावल उपस्थित रहेका थिए। उनले पादरी गङ्गाप्रसाद प्रधानमाथि आफैले लेखेका “अथक सेवक” लाई आधार गरेर पादरीबारे सम्पूर्ण चित्रण उतारेका थिए। फलस्वरूप धेरैले पादरीबारे अभिरुचि लिएका छन् र अझ धेरै जान्ने विचार व्यक्त गरेका छन्।
कार्यक्रमको अन्त्यमा नागाल्याण्ड दिमापुरको नेपाली ब्याप्टिस्ट चर्चका पास्टर रोबर्ट आलेद्वारा गरिएको थियो।
कार्यक्रममा उपस्थित हुनेहरुमा – पा पदम थापा, पा डेविड थापा, पा मनोज राना, पा सोवित कुमारी राई, दिकन नन्दलाल प्रमुख थिए। कार्यक्रमको निम्ति आधारशिला तयार पार्नेहरुमा पा जोहन लामा, सिलगढी अनि एनबी मगर, दिमापुर रहेका थिए। यी दुवै आपसमा सम्धीहरु हुन्।