तीनधारे च्यालेञ्च कप फुटबल टुर्नामेन्टको तालिका सार्वजनिक

IMG-20241209-WA0239

खरसाङ: युनाइटेड तीनधारे स्पोर्ट्स एसोसिएसनको आयोजनामा तीनधारेको मिठाईडाँडा खेल मैदानमा भईरहेको तीनधारे च्यालेञ्च कप फुटबल टुर्नामेन्टको खेल तालिका सार्वजनिक गरिएको छ। उक्त फिल्चर रिलिज युनाइटेड तीनधारे स्पोर्ट्स एसोसिएसनको पदाधिकारीवर्गले गरेका छन्।‌उक्त तीनधारे च्यालेञ्च कप फुटबल टुर्नामेन्टको फिक्चर रिलिजपछि पत्रकार सम्मेलन आयोजना गरेर युनाइटेड तीनधारे स्पोर्ट्स एसोसिएसनको सभापति सुरेन थापा र रञ्जित थापाले तीनधारे च्यालेञ्च कप फुटबल टुर्नामेन्ट आगामी १५ दिसम्बरदेखि शुरु भईरहेको छ जानकारी गराएका छन्। उक्त फुटबल टुर्नामेन्टको फाईनल खेल आगामी १२ जनवरीमा‌ हुने भएको छ‌‌। त्यसरी नै सेमी फाइनल खेल ४ र ५ जनवरीमा‌ हुने भएको छ।‌ दुवैले बताए अनुसार तीनधारेमा फुटबलको गरिमा दार्जिलिङ जिल्ला साथै उत्तर बंगालमा नै प्रसिद्ध रहेको तर विस्तारै घट्दै गरेको कारणले अब तीनधारेमा फुटबलको गरिमा बढाएर लाने योजना रहेको बताएका छन्।‌ यसपाली तीनधारेमा आयोजना भईरहेको तीनधारे च्यालेञ्च फुटबल टुर्नामेन्टको विजेतालाई आकर्षक ट्रफीसहित दुई लाख नगदराशि अनि उप विजेतालाई आकर्षक ट्रफीसहित एक लाख नगदराशि प्रदान गरिने भएको छ। यसपालीको फुटबल टुर्नामेन्टमा खरसाङ, दार्जिलिङ, कालेबुङ, सिलगढी, मङ्पु, जलपाईगुडी, उत्तर बंगाल साथै नेपालसम्मको टिम आएको जानकारी गराएका छन्। यसपालीको फुटबल टुर्नामेन्ट ९-९ जना गरेर खेलाइने र आगामी वर्ष ११-११ जना गरेर खेलाइने भएको छ। अब तीनधारेमा हरेक वर्ष फुटबल टुर्नामेन्ट आयोजना गरिने भएको जानकारी गराइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement