हर्नबिल फेस्टिवलमा ब्रिटेनका ६७ वर्षीय पर्यटकको ह्रदयाघातको कारणले मृत्यु

images (5)

काेहिमा(नागाल्याण्ड): नागाल्याण्डको हर्नबिल फेस्टिभलमा भाग लिन आएका ब्रिटेनका ६७ वर्षीय पर्यटकको ह्रदयाघातको कारणले मृत्यु भएको छ। नागाल्याण्ड पर्यटक विभागले विदेशी पर्यटकको शवलाई आफनै देशमा पठाउने व्यवस्थामा गरिएको छ।
नागाल्याण्ड पुलिसले सोमवार जानकारी दिदै हर्नबिल फेस्टिभलको लागि सांस्कृतिक महोत्सवको मुख्यस्थल नागा हेरिटेज भिलेज किसामामा ब्रिटेनको ब्रैडफोर्ड निवासी पर्यटक निगेल रिचर्डलाई छात्तीमा पीड़ा भयो।आयोजकहरूले तिनलाई स्वास्थ्य शिविरमा पुऱ्याए, तर तिनको स्थिति झन बिग्रिँदै गएपछि रिचर्डलाई कोहिमाको एक अस्पतालमा भर्ना गरियो।चिकित्सकहरूले बचाउन सक्दो प्रयास गरेको भए पनि राति उनले दम तोडे। भनिन्छ, रिचर्ड एक्लै आफ्नो देशबाट आएका थिए। उनीसित एउटा टूर गाइड पनि थियो। नागाल्याण्ड पर्यटन विभाग अनुसार विदेशी पर्यटकको शवलाई उसको देशमा पठाउने व्यवस्था गरिँनेछ।
उल्लेखनीय छ, १ दिसम्बरदेखि शुरू भएको १० दिने हर्नबिल फेस्टिबलमा अहिलेसम्ममा १.२५ लाखभन्दा अधिक पर्यटकहरू आइपुगेका छन्। जस अनुसार २,०८५ जना विदेशी पर्यटक र पूर्वोत्तरका बाहेक अन्य राज्यहरूबाट ३०,९२० घरेलु पर्यटकहरू छन्। पर्यटकहरू आउने क्रम अहिले पनि जारी छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement