बंगाल सफारी पार्कमा रहेका तीन वटा डमरूको मृत्युलाई लिएर जाँच सुरु

images (6)

सिलगढ़ी: सिलगढ़ीस्थित बंगाल सफारी पार्कमा तीनवटा बाघका शावकहरूको मृत्यु भएको घटनामा जाँच शुरू गरिएको छ। यो घटना त्यसबेला भएको थियो जतिबेला डमरूहरूकी आमा बाघिन ‘रिका’-ले तिनीहरूलाई अर्को ठाउँमा सार्ने क्रममा गल्तीले शावकहरूको गर्दनमा गहिरो दाँत गाडडिएको कारणले मरेका हुन।
अधिकारीहरुले सोमवार उक्त घटनाबारे जानकारी गराए।
पार्कमा पछिल्लो सप्ताह जन्मेका यी डमरूकहरूको मृत्यु गत बिहीवार त्यसबेला भएको थियो जतिबेला रिकाले तिनीहरूलाई राति आफ्नो वासस्थानतिर लैजाने प्रयास गरिरहेकी थिईन। सो समयमा बाघिनले डमरूहरूको गर्दनलाई बेस्सरी च्यापेको कारणले तिनीहरूको श्वासनलीमा गहिरो चोट लागेको हो।
पश्चिम बंगाल जू अथोरिटीका वरिष्ठ सदस्य सौरभ चौधरीले भने रिकाले अन्जानमा यो गल्ती गरिन। हामीले घटनाका परिस्थितिहरूको जाँच गर्नको लागि एउटा टीम बनाएका छौं। जाँच दलमा वरिष्ठ वन अधिकारी, जू विशेषज्ञ औ एक पशु चिकित्सक संलग्न छनछन्।
त्यसै गरी पार्कका निदेशक विजय कुमारले भने घटनापछि रिकाको व्यवहार र आनीबानी माथि नजर राखिँदैछ। तथापि यसलाई सार्वजनिक प्रदर्शनबाट हटाइएको छैन। उसले सामान्य गतिविधि गरिरहेको छ।
चौधरीले भने, रिकामा अन्य बाघिनहरूको तुलनामा डमरूहरूलाई मुखमा च्यापेर लैजानमा केही कमी देखिएको छ। डमरूहरूको गर्दनमा च्याप्दा रिकाले बल गरेर च्यापेको कारणले डमरूहरूको श्वसनलीमा गहिरो चोट लागेको हो।
गत बिहीवार राति दुईवटा डमरूहरूको तत्काल मृत्यु भयो भने तेस्रो डमरूको शुक्रवार मृत्यु भएको हो। यस घटनापछि बाघिनको व्यवहारमा शोकको लक्षण देखियो, तर पार्कका कर्मचारीहरूले त्यसलाई सामान्य गतिविधिहरूमा व्यस्त राख्ने प्रयास गरिरहेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement