दमक: दमकमा सवारी दुर्घटनामा परी घाइते भएका एक जनाको मृत्यु भएको छ। १९ दिनअघि दमकको क्याम्पस मोडमा पहिचान हुन नसकेको सवारीसाधनको ठक्करबाट दमक-५ निवासी ७२ वर्षीय कमल खरेलको मृत्यु भएको हो।
घाइते कमललाई उपचारका लागि न्युरो हस्पिटल विराटनगर लगिएको थियो। स्वास्थ्यमा सुधार नभएपछि परिवारले चार दिनअघि घरमै ल्याएका थिए। गएराति १०ः२९ बजे उनको मृत्यु भएको मृतकका भाइ टीकाराम खरेलले बताए।