बालुरघाटमा चिसो शुद्ध पिउने पानी मशिन उद्घाटन

IMG-20241209-WA0194

दक्षिण दिनाजपुर: बालुरघाट सुकान्त कालोनीका बासिन्दाहरू उनीहरूको लामो समयदेखिको माग पूरा भएपछि खुशी छन्। बालुरघाट नगरपालिकाका अध्यक्ष अशोक मित्रले सोमबार बालुरघाट शहरको सुकान्त कालोनी क्षेत्रमा चिसो शुद्ध खानेपानी मशिनको उद्घाटन गरेका हुन्। कार्यक्रममा क्षेत्रका पार्षदहरुको समेत उपस्थिति रहेको थियो। बालुरघाट नगरपालिकाका तर्फबाट मेयर अशोक मित्राले बालुरघाटका २५ वार्ड वार्डमा चिसो खाने पानीको मेसिन जडान गरिने बताए। सोही कार्यक्रमअन्तर्गत आज सुकान्त कालोनी क्षेत्रमा यो चिसो खानेपानी मेसिनको उद्घाटन गरिएको हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement