राजगञ्: राजगञ्ज विधानसभा अन्तर्गतको बारोपटिया ग्राम पञ्चायतको झाकुवापाडास्थित एक घरमा आगलागी हुँदा सो क्षेत्रमा भागदौड मच्चिएको छ।आज बिहान अन्दाजी ९ बजे झकुवापाडा गाउँका बाबुसोना रायको घरमा आगलागी भएको बताइएको छ। त्यो बेला घरमा कोही थिएनन्। आगो लागेपछि स्थानीयले सो आगो निभाउने प्रयास गरेका थिए। जानकारी पाएलगत्तै दमकल घटनास्थलमा पुगेको थियो। तर, दमकल पुग्नुअघि नै स्थानीयले आगोलाई नियन्त्रणमा लिएका थिए। तरपनि उक्त घटनामा एक घर जलेर खरानी भएको छ।
त्यस सम्बन्धमा बाबुसोना राय बिहान खेतमा काम गर्न गएको परिवारका सदस्यले बताएका छन्। त्यतिबेला घरमा कोही थिएनन्। आगलागीबाट घरमा रहेका लाखौं मूल्य बराबरको सामान जलेर खरानी भएको छ।सो आगलागी बिद्युत सर्ट भएर लागेको प्रारम्भिक अनुमान गरिएको छ।










