अलिपुरद्वार: अलिपुरद्वारको मथुरा चिया बगानको खण्ड नम्बर १ मा चितुवा फेरि पिंजडामा फसेको छ। केही समयदेखि मथुरा चिया बगानको खण्ड नम्बर १ छेउमा रहेको श्रमिक मोहल्ला क्षेत्रका बासिन्दा चितुवाको त्रासमा थिए। त्यही क्षेत्रबाट २० दिनअघि पूर्ण वयस्क चितुवा पक्राउ परेको थियो। यसपछि पनि त्यहाँ चितुवाको गतिविधि देखिन थालेको छ। चितुवा र मानिसबीच द्वन्द्व हुन नदिन वन विभागले उक्त क्षेत्रमा पुनः खोर राखेको थियो। सोमबार बिहान ७ बजे स्थानीयले चितुवालाई खोरमा राखेको देखेका थिए। चार वर्षीया चितुवा खोरमा फसेको छ। सूचना पाएलगत्तै जल्दापाडा वन विभागका वनकर्मीले चितुवाको उद्धार गरे। स्वास्थ्य परीक्षणपछि पोथी चितुवालाई जल्दापारा राष्ट्रिय निकुञ्जको जंगलमा छाडिएको छ।