चार आरोपीलाई गिरफ्तार गरेर सिक्किम फर्काए
सिलगढी: प्रधाननगर पुलिस थानाले सिक्किमको चोरीको रहस्य सुल्झाएको हो। केही घण्टाभित्रै प्रधान नगर प्रहरी थानाले सिक्किमबाट चोरी गरेर फरार भएका चार आरोपिलाई आइतबार पक्राउ गरी सिक्किम प्रहरीलाई बुझाइए को छ। अभियुक्तहरुको नाम विकास सिंह, निखिल कुमार, जोन सुब्बा र नितेश राई रहेका छन्। विकास सिंह मणिपुरका र अन्य तीन जना रानीपुलका बासिन्दा रहेको बताइएको छ।
प्राप्त जानकारीका अनुसार डिसेम्बर ७ मा सिक्किमको रानीपुल थाना क्षेत्र निवासी प्रणव क्षेत्री नामका व्यक्तिले प्रहरी चौकीमा चोरीको उजुरी दिएका थिए। उजुरीका आधारमा अनुसन्धानमा जुटेको रानीपुल प्रहरी चौकीले सिसिटिभी फुटेजको आधारमा चारजना अपहरणकारी पत्ता लगाएको थियो। त्यसपछि जब सिक्किम पुलिसले ती आरोपीको खोज तलाश गर्न थाले, पुलिसले ती सबै आरोपी सिलगढीमा भएको सुईको पाए। त्यसपछि सिक्किमको रानीपुल थानाको पुलिस टीमले आइतवार बिहान उनीहरुलाई गिरफ्तार गर्न प्रधान नगर थानाको मद्दत लिएको थिए।
पुलिस टीमले पछि सीसीटीभी फुटेजका आधारमा प्रधाननगर प्रहरी चौकीले रानीपुल प्रहरी चौकी अन्तर्गतको क्षेत्रमा चोरीको घटनामा संलग्न चारजना अपहरणकारीको पहिचान गरी गोप्य स्रोतको मद्द्तले एसएनटी क्षेत्रबाट चारजना आरोपीलाई गिररतार गरेको छ। त्यसपछि रानीपुल प्रहरीलाई खबर गरिएको थियो। आइतबार साँझ पूर्ण कानुनी प्रक्रिया पूरा गर्दै प्रधाननगर प्रहरी चौकीले चारैजनालाई रानीपुल प्रहरी चौकीमा बुझाएको हो। पाहिले नै निखिल कुमारलाई प्रधान नगर प्रहरी थानाले सो कसूर मुद्दामा पक्राउ गरिसकेको छ।










